एजेन्सी / भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ।

विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।

अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो । भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।

सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ। दिउँसो ३ बजेको रिर्पोट अनुसार २० लाख ३० हजार १ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ७३ पुगेको इण्डिया टुटेले जनाएको छ । अमेरिकामा ५० लाख ३२ हजार र ब्राजिलमा २९ लाख १७ हजार बढि संक्रमित छन् । यो रेसियोमा भारतले सबै देशलाई छिटै टप्ने अनुमान गरिएको छ ।