ब्लाष्टखबर । प्रदेश १ मा आज ६७ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमितहरू मध्याे ५२ जना पुरूष र १५ जना महिला रहेकाे सामाजिक विकास मन्त्रालयले आजकाे काेभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेकाे छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि माेरङमा ६४ जना, झापामा २ जना र सुनसरीमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

संक्रमण देखिएकाहरू मध्य माेरङकाे विराटनगरमा ८ महिला र २४ पुरूष, रंगेलीमा ६ महिला र २३ पुरूष, कटारीमा १ महिला र बुढिगंगामा २ पुरूष  रहेका छन् । त्यस्तै, सुनसरीकाे धरानमा १ पुरूष झापाकाे मेचीनगरमा १ पुरूष र बिर्तामाेडमा १ जना पुरूषमा संक्रमण देखिएकाे उपडेटमा उल्लेख गरीएकाे छ ।

मन्त्रालयका अनुसार आज १ हजार ६ सय ९४ जनामा गरिएकाे  परिक्षणमा ६७ जनामा संक्रमण देखिएकाे हाे । प्रदेश १ मा हाल सम्म ५० हजार १ सय ३२ जनामा गरिएकाे परिक्षणमा १ हजार ३ सय २२ जनालाइ काेराेना संक्रमण देखिएकाे छ । 

आज प्रदेश १ का ५ वटा विभिन्न अस्पतालका आइसाेलेसनहरूमा ४४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा, काेशी अस्पताल, काेभिड १९ उपचार केन्द्र विराटनगरमा ४ जना, काेभिड १९ आइसाेलेसन अस्पताल गाेठगाउँमा १७ जना, विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा १४ जना, काेभिड १९ आइसाेलेसन केन्द्र चाैडन्डिगढीमा १ जना र मेचि अस्पताल आइसाेलेसनमा ८ जना नयाँ संक्रमितकाे भर्ना गरीएकाे छ ।   

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । निकाे भएर डिस्चार्ज हुनेहरूमा उदयपुरका ४ जना पुरूष र माेरङकी १ महिला रहेकी छिन् । याे संगै प्रदेश एक मा डिस्चार्ज हुनेहरूकाे संख्या ९ सय १० रहेकाे छ ।