बेलबारी/बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बुधवार ञबसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, मेडिकल, दुधडेरी, पेट्रोलपम्प ,पानीजन्य उद्योग, भेटेनरीभन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय संस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा, यातायातका साधनहरु, बेलबारी नगरपालिकाका कार्यालय र सो अन्र्तगत रहेका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै नगर क्षेत्र भित्रका स्वास्थ्य शाखा, भेटेनरी शाखा तथा अत्यावश्यक सेवा प्रबाहा सुचारु गर्ने समेत निर्णय गरेको छ ।