श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २२ गते बिहीबार, ०६ अगष्ट २०२० । भाद्र कृष्णपक्षको तृतीया तिथि २२ः४८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र शतशिषा ११ः१० बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३१ र सूर्यास्त ६ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनको बाटो खुलेर जाला । भूमिसम्बन्धी कारोबारमा कमी आउनेछ । पढाइ लेखाइमा प्रगति होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यर्थमा अपजस खेप्नु पर्ला । अचानक अतिथिको सम्मान गर्नुपर्ने देखिन्छ । प्रेमपक्ष भने सामान्य छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
काम गर्ने जाँगर बढेर जाला । कार्य सिद्धि हुने देखिन्छ । विपरीतलिङ्गीहरूबाट भने टाढै रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार–व्यवसायका काममा बाधा उत्पन्न होला । दिनको उत्तराद्र्धमा अप्रिय समाचार सुन्नु पर्ला । मन खिन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
औद्योगिक विषयमा मन जानेछ । व्यापारिक क्षेत्रमा रूचि बढ्ला । अध्ययन–अध्यापन क्षेत्रमा खासै उपलब्धि हुनेछैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यँर्थी तथा कर्मचारी वर्गप्रति आजको दिन राम्रो छ । अनावश्यक खर्च हुने देखिन्छ । समय सामान्य छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यसम्बन्धी समस्याले सताउला । नयाँ काम गर्ने जाँगर घटेर जानेछ । प्रेम पक्षमा सफल भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँखासम्बन्धी समस्या बढेर जाला । फलदायी यात्राको योग देखिन्छ । अप्रत्यासित भेटघाट हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ स्थानको रमणीय यात्रा होला । सभा–समारोहमा भाग लिन पाइएला । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आधुनिक विषयप्रति रूचि बढेर जानेछ । नयाँ विषयको खोजीमा मन लाग्ला । शिक्ष्ाँ क्षेत्र सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य व्यवसायमा राम्रै प्रतिफल पाइएला । नया“ काममा हात नहालेकै राम्रो देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धातुजन्य लगानीबाट मुनाफा हुनेछ । बौद्धिक क्ष्ँेत्रमा प्रगति हुनेछ । प्रेममा सफल भइएला ।