श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २१ गते बुधबार, ०५ अगष्ट २०२० । भाद्र कृष्णपक्षको द्वितीया तिथि २१ः३५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र धनिष्ठा ७ः३० बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः३० र सूर्यास्त ६ः२९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
निर्णायक क्षमतामा वृद्धि होला । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारमा माङ्गलिक कार्यको चर्चा चल्नेछ । कामकाज गर्ने क्षमता बढेर जाला । फलदायी यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
विशिष्ट व्यक्तिको साथ पाइएला । शैक्षिक क्षेत्रमा राम्रै प्रगति होला । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ला । प्रियजनको प्रेम, सद्भाव बढेर जाला । शत्रुहरू पराजित हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम गर्ने जा“गर र हिम्मत बढेर जाला । नयाँ कार्य र रोजगारी मिल्नेछ । आफ्नो सामानको सुरक्षा गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महिला मित्रहरूबाट काममा साथ सहयोग मिल्ने समय छ । आम्दानी र कार्य सफलताले मनमा शान्ति छाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढेर जाला । साङ्गीतिक क्षेत्रमा रुचि बढ्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो दूरीको लाभदायक यात्रा होला । धनार्जनको बाटो खुलेर जाला । व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । प्रतिष्ठित व्यक्तिको ससहयोगले कार्य सफल होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रका कार्यहरू यथावत् रहलान् । पशुजन्य व्यवसायमा प्रगति हुनेछ । प्रेमपक्ष पनि राम्रै देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि व्यवसायमा घाटा हुने देखिन्छ । अनावश्यक चिन्ता बढेर जाला । दिनको उत्तराद्र्ध राम्रो देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नसोचेको स्थानबाट धनागमन होला । मनोरञ्जनमा सहभागी भइएला । प्रतिस्पर्धामा सफल हुने योग परेको छ ।