धरान  / नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुखकै अगुवाइमा धरानस्थित सर्दुखोला मुहानको पाइपलाइन तोडफोड भएको छ । संस्थानको धरान शाखाका प्रमुख रामकुमार श्रेष्ठ र स्थानीय हर्क साम्पाङ राईसहितको २५÷३० जनको समुअले धरान खानेपानी व्यवस्थापन बोर्डले निर्माण गरेको पाइपलाइन फुटाइदिएको धरान खानेपानी बोर्डले आरोप लगाएको छ ।

धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु र खर्दुको मुहानमा बिछ्याइएको पाइपलाइन भत्काएको बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोखरेलले बताएका छन् । मुहानका विभिन्न ठाउँमा मुख्य पाइलाइन र पानी शुद्धीकरण गर्ने ट्यांकीमा जाने अन्य पाइपललाइन पूर्णरूपमा क्षतिग्रस्त बनाएको उनले बताए । मुहानमा उक्त पाइपलाइन बोर्डले दुई दिनअघि मात्र विस्तार गरेको थियो ।
क्षेतिको विवरण संकलन गर्ने काम भइररहेको इन्जिनियर पोखरेलले जानकारी दिए । हिजो ४ बजेको समयमा तोडफोड भएको बताइएको छ । खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठका अनुसार आइतबार साम्पाङको एक सय जनाको समुह पानी धमिलो आयो भनेर संस्थानमा आएको र मुहानमा हेर्न जाने भने पछि आफुलाई पनि दवाव दिएर लिएर गएको बताए । संस्थान र बोर्डको पाइप बेग्ला बेग्लै बनाउनु पर्ने भन्दैं उनीहरुले निकालि दिएको उनको भनाई छ ।

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले संस्थान कै प्रमुखको नेतृत्वमा भएको पाइपलाइन तोडफोड गर्ने लाई कडा कारवाही गर्नु पर्ने बताएका छन् ।
उनीहरुलाई खर्च भरपाई गरेर जस्ताको तस्तै बनाउन लगाउनुपर्ने अध्यक्ष सुवेदीले बताएका छन् । संस्थान र बोर्डबीच विवाद भए पनि मुहानमा पाइपलाइन र पानी शुद्धीकरण गर्ने ट्यांकी बनाउन एक वर्षअघि संस्थानले नै अनुमति दिएको थियो । संस्थान र बोर्डको विषयमा लामो समयदेखि द्वन्द्व हुदैं आएको छ । मन्त्रिपरिषद्को डेढ वर्षअघिको निर्णयबमोजिम संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गर्ने विषयमा संस्थान र बोर्डबीच विवाद हुँदै आएको छ ।
एडिविले लगानी गरेको खानेपानी बोर्डमा व्यपाक भ्रष्टचार भएको आरोप लाग्दैं आएको छ । हर्क साम्पाङको समुहले विरोध गदैं आएको छ ।