श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २० गते मङ्गलबार, ०४ अगष्ट २०२० । भाद्र कृष्णपक्षको प्रतिपदा तिथि २०ः५० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र श्रवण ८ः२० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः२९ र सूर्यास्त ६ः४९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पराक्रम गरे सफलता प्राप्त होला । अनुशासित र लगनशील भएर काममा लागेमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगानीहरूबाट राम्रै आम्दानी होला । शत्रु परास्त पार्ने समय आएको छ । सामाजिक मान, प्रतिष्ठा बढेर जाला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
औद्योगिक क्षेत्रको रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा राम्रै प्रभुत्व जमाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधुरा कार्यहरू पूरा होलान् । नयाँ ठाउँको भ्रमण हुने देखिन्छ । सामाजिक क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिना प्रतिस्पर्धा फाइदा हुनेछ । कामका राम्रै प्रतिफलहरू प्राप्त हुनेछ । विशेष मनोरञ्जनमा सहभागी भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई प्रभावित पारेर मन जित्न सकिनेछ । व्यापार–व्यवसायमा राम्रै आम्दानी होला । प्रेमपक्ष पनि राम्रै देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साङ्गीतिक क्षेत्रमा रुचि बढेर जाला । सेमिनारमा सहभागी भइएला । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा माङ्गलिक कार्यको चर्चा होला । प्रयत्न गरे सबै कार्य सफल भएर जानेछन् । प्रेममा प्रगति होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । शिक्षाक्षेत्र भने कमजोर छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञानका बाटाहरू खुलेर जालान् । प्रबुद्ध व्यक्तिहरूसँगको सहकार्यले नयाँ कार्यमा मन जाने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका कामकाजहरू अगाडि बढ्नेछन् । साथीभाइस“गको भेटघाटमा दिन बित्नेछ । रमाइलो तथा फलदायी यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रु पराजित हुने समय आएको छ । वित्तीय संस्थाबाट राम्रै सहयोग प्राप्त होला । प्रेमपक्ष पनि राम्रै छ ।