धरान/ एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) सँगको सहकार्यमा मासिक योजना ल्याएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विद्यालय बन्द रहेका बेला अध्यापनलाई सहज बनाउन एनसेलले मासिक योजना ल्याएको हो । अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडब्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको एनसेलले जनाएको छ ।

योजनामा विद्यार्थी तथा शिक्षक÷शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बण्डल सेवा प्राप्त गर्नेछन् । विद्यार्थीले कर बाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी÷फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १ सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् ।

एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने,–‘कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ ।

हामीसबै विस्तारै अबको ‘न्यू नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ ।’ एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट इलर्निङमा सहयोग पु¥याउने बताएका छन् ।