पथरी/ मोरङ कानेपोखरी गाउँपालिकाको कोरोना विरुद्ध लड्न स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोष’ मा कानेपोखरी सहकारी कर्मचारी सङ्गठनले एक लाख सहयोग गरेका छन् ।

सङ्गठनले शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको कार्यकक्षमा गई रकम हस्तान्तरण गरे । अध्यक्ष काफ्लेलाई सङ्गठनका अध्यक्ष टङ्कप्रसाद घिमिरे, सचिव खगेन्द्र कार्की, कृष्ण फुयँल, कृष्ण दवाडीलगायतले हस्तान्तरण गरे । गाउँपालिकाको बचत तथा सहकारी संस्थामा कार्यरत ५२ जना कर्मचारी सङ्गठनमा आवद्ध छन् ।