श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १९ गते साेमबार, ०३ अगष्ट २०२० । श्रावण शुक्लपक्षको पूर्णिमा तिथि २०ः३६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरषाढा ७ः३९ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रै छ । विहानै देखि धार्मिक क्षेत्रका विषयमा रुचि बढ्नेछ । दैनिक कार्यमा भने झमेला देखापर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्त्री जातिको सहयोगबाट बन्ने कुराहरु सफल होला । नया कार्यमा मनजाला । विषयविज्ञको सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
विज्ञान प्रविधिका क्षेत्रमा रुचि बढेर जाला । नया विषयको ज्ञान लिन पाइएला । अध्ययन क्षेत्र राम्रोछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक कार्यमा सहजै सफलता हात लाग्ला । नया कार्यमा हात लाग्ने बेला छ । लगनशील रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुचि बढेर जाला । मान प्रतिष्ठा बढेर जानेछ । पढाइ लेखाइमा प्रगति होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नया विषयको खोज अनुसन्धानमा दिन वित्नेछ । शारिरीक आलस्यता बढेर जाला ।दिन पुर्वाद्ध सहजै छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनार्जनका बाटाहरु खुल्नेछन् । माङ्गलिक कार्यमा सरिक भइएला । प्रेम पक्षमा भने खटपट देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमि प्रमिकाबीचको सम्बन्ध सुमधुर रहला । समाजमा प्रतिष्ठा बढेर जाला । व्यापारमा वृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा गर्दा सजग रहनु होला । सहकर्मीबाट अपजस खेप्नुपर्ला । चोटपटकको पनि भय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गलत निर्णयले गलत भइएला । घर जग्गाको मामिलामा घाटा हुनेछ । प्रेममा भने सपफल नै भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पति पत्निबीचको सम्बन्धमा खटपट आउनेछ । साधारण यात्राको योग देखिन्छ । मन असान्त रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सोचेअनुरुप प्रगति गर्ने समय छ । कार्यमा प्रयत्नशील रहनु होला ।