श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १८ गते आइतबार, ०२ अगष्ट २०२० । श्रावण शुक्लपक्षको चतुर्दशी तिथि २०ः५२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वषाढा ७ः२८ बजेसम्म, उप्रान्त उत्तरपाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मनोरञ्जनमा सहभागी भइएला । नया“ कार्यको आयोजना हुनेछ । मनमा शान्ति छाउने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुख सद्भाव प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट राम्रै सहयोग प्राप्त होला । दिन ठीकै देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
अप्रत्याशित भेटघाटले मन प्रसन्न रहला । छोटो र रमाइलो यात्रा होला । प्रेमपक्ष कमजोर छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा अपजस खेप्नुपर्ला । नसोचेका व्यक्तिहरूबाट धोखा हुनसक्छ । काममा मन नजाला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको प्रशंसा गर्ने बढेर जालान् । शत्रु परास्त गर्ने समय छ । लगनशील भएर काम गर्दा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तजनमा खुसीको कुरा सुन्न पाइएला । दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध सुखप्रद हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साहित्यिक विषयमा रुचि बढेर जाला । नयाँ साथीहरू बन्ने देखिन्छ । मानसिक चिन्ता हट्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पशु चौपायाको बिक्री वितरणमा समस्या आउनेछ । जागिरको सम्भावना देखिन्छ । दत्तचित्त भई कर्ममा लँग्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय खासै राम्रो छैन । समयमा विचार नपुर्याउँदा खर्च बढ्नेछ । सानातिना उल्झनले दिन बिताउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिनासित्ती अपजस खप्नुपर्ला । नयाँ स्थानमा आवास हुने देखिन्छ । खानपिनमा विशेष विचार पु¥याउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ऐतिहासिक विषयको रुचि बढेर जानेछ । दैनिक कार्यबाट लाभ होला । शिक्षामा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तानको खुसीमा प्रफुल्लित भइएला । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । मिष्ठान्न भोजन होला ।