उर्लाबारी । नगरमा लकडाउनको पालना तथा कोरोना नियन्त्रण अभियानमा सकृयताका साथ कार्य सम्पादन गरेकोमा संचार क्लबले उर्लाबारी नगरपालिकाकाका नगर प्रमुख खड्ग फागोलाई संम्मान गरेको छ ।

शनिबार क्लबको १७ औ“ साधारण सभाको अवसरमा चैत्र ११ गते नेपाल सरकारले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनलाई पूर्ण पालना गराउने अभियानमा नगर प्रमुख फागो आफै सडकमा उत्रिएर कार्य गरेको र लकडाउनका कारण प्रभावित बनेका विपन्न परिवारको राहत व्यस्थापनमा समेत उत्कृष्ट कार्य संम्पादन गरेकोले संम्मान गरिएको क्लबले जनाएको छ ।

यसै गरी क्लबले सोही अवसरमा स्थानिय स्तरमा कार्य गर्ने चार जना पत्रकारलाई पनि पुरस्कृत गरेको छ । उर्लाबारीका पूर्ब गाविस सचिव तथा स्थानिय समाजसेवीजयधर्म आचार्यले स्थापना गरेको लिला–गोमा आचार्य स्मृति पत्रत्रकारीता र क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खवितडाले स्थापना गरेको दाताराम–पद्मादेवी खतिवडा स्मृति पत्रकारीता पुरस्कारबाट क्रमश : तेजन खड्का, बिजय धिमाल, नवराज भट्टराई र एलिना दियालीलाई जनही पाच“ र संम्मान–पत्रले पुरस्कृत गरीएको थियो ।

क्बलका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा भएको सो सभामा उर्लाबारी नगरपालिकामा नगर प्रमुख फागो सहित मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन विवश अधिकारी, क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, उ.बा. संघका अध्यक्ष प्रितम खड्गी, उर्लाबारी गाविसका पूर्व सचिवद्धय जयधर्म आचार्य र महेन्द्रजंग तामाङ तथा सामाजीक अभियन्ता रुद्रबहादुर तामाङ सहितका वक्ताले क्लबमा आवद्ध पत्रकारहरुले जनस्तरमा आवाज विहीनहरुको सारथीको रुपमा कार्य गर्न र समाज परिवर्तनका लागि सकारात्मक धारका उत्प्रेरणामुलक समाचारहरु संम्प्रेशण हुने वातावरण निर्माण गर्न सुझाव गरेका छन ।