उत्तर कोरियामा कोरोना भाइरस: पहिलो सम्भावित घटना देखिएपछि उच्च सतर्कता

alt REUTERS
  • श्रावण ११, २०७७
  • बीबीसी

धरान / उत्तर कोरियामा कोरोनाभाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ। समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए र उनमा कोरोनाभाइरसका लक्षणहरू थिए।

नेता किम जङ(अनले शीर्ष अधिकारीहरूसँग एउटा आपत्‌कालीन बैठक गर्दै उक्त सीमावर्ती शहर केसङमा लकडाउन जारी गरेका छन् । आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि त्यहाँ कोभिड–१९ का कुनै घटनाहरू नभएको बताएको थियो। तर विश्लेषकहरू त्यस्तो सम्भव नहुने बताउँछन् ।

यस्तो छ समाचारमा
केसिएनएले भनेको छ–केसङ शहरमा आपत्‌कालीन रूपमा एउटा घटना भएको थियो। जहाँ तीन वर्षअघि गैरकानुनी रूपमा सीमा छुट्याउने रेखा काटेर दक्षिण कोरिया पुगेका एक व्यक्ति १९ जुलाईमा फर्किएका थिए।’

शनिवारको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसलाई परास्त पार्न 'उच्चतम आपत्‌कालीन' प्रणाली लागु गर्न आदेश दिएका थिए । नेता किमले भाइरसलाई परास्त पार्न ‘उच्चतम आपत्‌कालीन प्रणाली’ लागु गर्न आदेश दिएका थिए ।
उक्त समाचार संस्थाका अनुसार किमले ती व्यक्तिबारे अनुसन्धान समेत सुरु गरेका छन्। जसमा निकै कडा सुरक्षा र निगरानी हुने उक्त क्षेत्रमा फर्कन ती व्यक्ति कसरी सफल भए भन्ने खोजिनेछ। र त्यसमा जिम्मेवार व्यक्तिहरूलाई ‘निकै कडा सजाय’ दिइने चेतावनी दिइएको छ।

त्यति नै बेला दक्षिण कोरियाले असैनिकृत सीमा क्षेत्रमा हालै गैरकानुनी रूपमा कुनै आउजाउ भएको नदेखिएको जनाएको छ। विश्वभर कोरोनाभाइरस फैलिरहँदा उत्तर कोरियाले आफ्नो सीमाना बन्द गर्दै हजारौँ मानिसहरूलाई ६ महिनासम्म आइसोलेसनमा राखेको थियो।

यो महिनाको सुरुमा किमले कोभिड–१९ सँग जुझ्ने मामिलामा आफ्नो देशले 'प्रशंसायोग्य सफलता' हासिल गरेको दाबी गरेका थिए।

मिर्गौला पीडित श्रीम ...

ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचा ...

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved