ब्लाष्टखबर । इलाका प्रहरी कार्यालय इटहरीमा थुनामा रहेका व्याक्तिमा काेराेना संक्रमण पुष्टि भएपछि थुनामा रहेका अन्यकाे पिसिआर परिक्षण गर्ने भएकाे छ ।
आन्तरिक राजस्व अनुशन्धान बिभागको कार्यालय इटहरीले साउन ४ गते राजस्व चुहावटको मुद्धामा पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा १ दिन थुनामा रहेका २५ वर्षिय वर्षीय पुरूषलाइ काेराेना संक्रमण पुष्ट भएपछि कार्यालयमा उच्च सतर्कता अपनाउदै ति व्यक्तिसंगै थुनामा रहेका ८ काे पिसिआर परिक्षण तैयारी गरिएकाे डिएसपी धर्मराज भण्डारीले जनकारी गराएका छन् ।
उनले संक्रमित युवाकाे नजिक पुगेका ५ जनाकाे प्रहरीलाइ छुट्टै राखिएकाे पनि जनकारी गराएका छन् । डिएसपी भण्डारीका अनुसार प्रहरी कार्यालयमा ल्याउनु अघि नै ति ब्याक्तिको पिसिआर परिक्षण गरिएको थीयो । संक्रमण पुष्टि भएसंगै मोरङको गोठगाउ स्थित आइसोलेसन वार्डमा पठाइएकाे छ ।
एक दिन थुनामा बसेका युवामा संक्रमण पुष्टि भएसंगै कार्यलयमा उच्च सतर्कता अपनाइएकाे भण्डारीले बताएका छन् ।