भण्टाबारी । सप्तकोशी नदिमा पानीको बहाव ३ लाखबढी मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च पुगेको छ । बिहान ६ बजे सप्तकोसी नदिमा पानीको बहाव  ३ लाख २९ हजार ३८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको हो । ५६ मध्ये ४६  ढोका खोलिएको छ ।