बेलबारी / सुन्दरहरैचास्थित खोलामा डुबेर तीन वर्षीय एक बालकको मृत्यु भएको छ ।

सुन्दरहरैचा ११ स्थित पिपलचौकमा संजय दनुवारका ३ बर्षीय संजिव दनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । सोमबार घर अगाडि खेल्ने क्रममा नजिकै रहेको खोलामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।
खोलामा डुबेर घाइते भएका बालक दनुवारलाई उपचार गर्न अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।