तेह्रथुम / लालीगुँरास नगरपालिका वडा नम्वर ९ सोल्मामा पर्ने तीन छाँगे झरनामा आएको बाढीले बगाउदा एक जना महिलाको मृत्यु भएको छ । बाढीले बगाउँदा म्याङलुङ नगरपालिका वडा नम्वर ६ अम्फुवा बस्ने ३७ बर्षीय अञ्जना लिम्बु को सोमबार बिहान १० बजे तिर मृत्यु भएको हो ।
मृतक लिम्बु र उनका श्रीमान् भेषराज थेगुवा छथर गाउँपालिकामा पाहुना जानको लागि घरबाट हिडेका थिए । झरनामा आएको बाढीले बगाउँदा उनका श्रीमान् थेगुवा पनि घाइते भएका स्थानीयवासी सुवेन्द्र थेगुवाले बताए । घाइते थेगुवाको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।