ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन्  । 

आज सुनसरी ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमा धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएकाे परिक्षणमा २ जना र काेशी अञ्चल अस्पताल विराटनगरमा गरिएकाे परिक्षणमा ४ जनामा काेराेना संक्रमण देखिएकाे प्रवक्ता प्रा. डा.गौतमले बताएका छन् । 

विपि प्रतिष्ठानमा संक्रमित हुनेहरूमा एक जना प्रतिष्ठानकै एमबिबिएस पाँचाै वर्षकाे फाइनल प्राक्टिकल परीक्षा दिन भारतबाट आएकी छात्रा रहेकि छिन भने अर्का एक जना प्रतिष्ठानको आइसियुमा उपचाररत जनकपुरका वृद्ध रहेका छन् । संक्रमण देखिएका दुबैलाइ प्रतिष्ठनकै अासाेलेसनमा स्थानान्तरण गरिएको छ ।

काेशी अञ्चल अस्पताल गरिएकाे परिक्षणमा रामधुनी नगरपालिकाका २ जना महिला र इटहरी उपमहानगरपालिकामा रहेका २ जना पुरूषमा संक्रमण देखिएकाे जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीकी कार्यालयकी फोकल पर्सन सिर्जना लिंथेपले जनाएकि छिन् । इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्र र रामधुनीका दुवै महिलालाई कोशी कोभिड १९ अस्पताल विराटनगर पठाइएको पनि लिंथेपले जानकारी दिइन् ।

आज १ सय ७३ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ११ हजार ८ सय ६८ जना पुगेकाे  डा. गौतमले जनाएका छन् । उनले ५ हजार ९ सय ३६ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।