ब्लाष्टखबर ।धरानकाे वीपी काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
मृत्यु हुने सप्तरी जिल्लाकाे राजविराज नगरपालिका-६ का ७३ वर्षीय पुरूष रहेका छन् । उनकाे गय राति १० बजे मृत्यु भएकाे अस्पताल स्राेतले जनाएकाे छ । मृतककाे शव प्रतिष्ठानकाे मर्चरीमा राखिएकाे छ । शवकाे व्यावस्थापनका लागी नेपाली सेनासंग समन्यन भइरहेकाे जनाइएकाे छ । प्रदेश १ मा काेराेना संक्रमितकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे ।