• राजन निरौला

इनरुवा / राजस्व चुहावटलाई न्युनिकरण गर्ने सुनसरी सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ पोखरेलले सो कुरा बताएका हुन ।
खुल्ला सीमाका कारणले राजस्व चुहावटको घटना हुने प्रवल सम्भाना रहेकाले यसलाई न्युनिकरण गर्नमा प्रतिवद्ध रहने प्रजिअ पोखरेलले बताए ।
खुल्ला सीमाका कारणले जिल्लाबाट, सुपारी, मरिचलगायतका सामग्रीको तस्करी हुने गरेको र यो सामग्रीहरु कहाँ प्रयोग हुन्छ भने बिषयमा अनुशन्धान सुरु गरेको उनले बताए ।
प्रजिअ पोखरेलले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सीमा क्षेत्रबाट हुने चोरी तस्करीलाई न्युनिकरण गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।