धरान  / धरानका लोकप्रिय जनप्रतिनीधि स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसमा सम्झना गरिएको छ ।
नेकपा धरानका पू्रर्व अध्यक्षसमेत रहेका स्व. सुब्वाको नेकपा धरान उपमहानगरकमिटीले विहीबार विहान धरान–१९ स्थित स्मृति पार्कमा स्मृति सभा गरेर सझेको छ ।
नेपका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्जको उपस्थितिमा स्मृति सभा गरि उनको योगदानको चर्चा गरिएको छ ।

नेता आचार्यले सुनसरीको युवा तथा विद्यार्थीको संगठन निर्माणमा सुब्बाको योगदान अविस्मरणीय रहेको बताए । कार्यक्रममा बोल्दै धरानका मेयर तिलक राईले हालसम्म धरानमा ३ वटा नेतृत्व आइसकेको स्मरण गर्दै स्व. सुब्बा नै रहिरहेको भए एउटा गतिले विकास हुने बताएका छन । २०७४ सालको स्थानिय निर्वाचन पछि स्व. सुब्बाले १ वर्ष, कार्यबाहक मेयरका रूपमा मञ्जु भण्डारीले डेढ वर्ष र हाल म नेतृत्वमा आएको छु । यसरी ३ वटा नेतृत्व फेरिदाँ विकासले सोचेजस्तो गति लिन नसकेको बताए ।   तर पनि स्व. सुब्बाले देखेको धरानको विकासको सपनालाई नै मेरो नेतृत्वमा पनि निरन्तरता दिएका छाै । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु सुवेदी, नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डललगायतले स्व. सुब्बाको योगदानको बारे चर्चा गरे ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी, जिल्ला र नगरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । यसै गरि धरान उपमहानगरपालिकाले पनि छुटटैं कार्यक्रम गरेर स्व. सुब्बालाई सम्झेको थियो ।
गणतन्त्र पछि प्रथम जननिर्वाचित मेयर सुब्बाको गत २०७५ साल साउन १ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृगौला रोग पीडित सुब्बाको दुर्व मृगौला फेरिएको थियो ।

DSC_0805

स्मृति पार्क बनाउन सहयाेग

नेकपमा धरान उपमहानगर कमिटीको आयोजनामा भएको सभा भन्दा अगाडी सामुदायिक वनमा बन्दै गरेको तारा सुब्बा स्मृति पार्कमा रहेको स्व. सुब्बाको मुर्तिमा नेकपाका नेता तथा धरानका जनप्रतिनिधीहरूले मार्ल्यापण गरी श्रृद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, फिरोज अलि र सागिर अलिले १० हजार, मैया राईले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, तारा सुब्बा उधान पार्कका लागी लहरू जीमीले ३० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएकी छिन ।

मेयर सुब्बाको स्मृति पार्क निर्माणका लागी हरियाली सामुदायिक वनले साढे ३ कठ्ठा जग्गा उपलब्ध गराएको छ । एकवर्ष अघि पार्कमा स्व. सुब्बाको अर्धकदको मुर्ति स्थापना गरिएको छ । हाल नेकपा पार्टी तथा पार्टी प्रतिनिधीहरूको सहयोगबाट विभिन्न संरचनाहरू निर्माण भइरहेको छ ।

 20200716_082843