धरान  / कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।रौतहटको पर्रोहा नगरपालिका( ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।आज नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । बुधबार ६९७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।