यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाले अपाङगता भएका नागरिकलाई निःशुल्क ड्रम बितरण गरेको छ ।

कार्यालयले एक कार्यक्रमको आयोजना गरी बुधबार १ सय ३० जना अपाङ्गता भएका नागरिकलाई ड्रम बितरण गरेको हो । सुख्खाक्षेत्रका अपाङगता भएका व्यक्तिहरुलाई खानेपानी जोहो गर्ने सह होस भन्ने उदेश्यले ड्रम बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइले बताए ।

कार्यालयको चालु आर्थिक वर्ष २०७६-०७७ को ५ लाख रुपैयाँ र पाँचथर सेवा समाज दक्षिण कोरियाको १ लाख ५० हजार रकम गरी ६ लाख ५० हजार रुपैयाँमा ड्रम खरिद गरी बितरण गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

गाउँपालिकाका नागरिकलाई कोरियामा रहेका नेपालीले ठुलो सहयोग गरेका छन । उनिहरुको सहयोगको उच्च मुल्याङकन गाउँपालिकाले गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको चेम्जोङको भनाइ छ ।

यस अघि नै कोरियामा रहेका प्रवासी नेपाली श्रमिकहरुले डेढलाख रकम संकलन गाउ“पालिकामा पठाएका थिए । उनिहरुले संकलन गरि पठाएको रकम र गाउ“पालिकाको रकमबाट पा“च सय लिटरका १ सय ३० वटा ड्रम बितरण गरिएको कार्यालयले जनाएको छ ।