भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा: गृहमन्त्री

alt
  • असार ३०, २०७७
  • ब्लाष्ट खबर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए । पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ छ । बैठकमा मन्त्री थापाले भने, ‘नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो । सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो ।’

नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माण बारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाले बताए । त्यसो हुनुमा भारत सरकार जिम्मेवार रहेको उनको दाबी छ । ‘यसबारेमा सरकारले पहल नगरेको होइन । उनीहरूले त्यो बाँध र बाटो बनाएका छन्, त्यसमा निकास दिनुप¥यो भनेका हौं । निकास भएन भने त नेपाल पुरै डुबानमा पर्छ । उनीहरुले आफ्नो रक्षाको निम्ती बाँध, तटबन्ध बनाए तर नेपालमा खतरा आयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका पछिल्ला नेपाल भ्रमणका क्रममा तराईमा भारतका कारण भइरहेका बाँध र सडकका कारण भएका डुबानबारे छलफल भएको तर भारतले सम्झौताअनुसार काम नगरेकाले नेपाल झन् डुबानमा परेको गृहमन्त्रीको भनाइ थियो । भारतका कारण नै दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको मन्त्री थापाले बताए । ‘नेपालमा डुबान हुनबाट बचाउनका निम्ती भारतले निकास दिनुपर्छ,’ उनले भने । समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए । उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए । समितिले भने त्यसरी निर्माण भएका संरचना हटाउनका लागि निर्देशन दिएको छ ।

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved