धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालबाट ६ जना महिलासहित १५ जना विमारी निको भएर घर फर्केका छन् ।

९ बर्षदेखि ५० बर्ष उमेर समुहका झापाका १२ जना, सुनसरी, खोटाङ र महोत्तरीका एक÷एक जना ग ि१५ जना फर्केका हुन । उनीहरु असार १७देखि असार २३ सम्मा प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा विगत ४ दिनदेखि संक्रमित विमारी भर्ना शुन्य रहेको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार प्रतिष्ठानमा हालसम्म २ सय ५४ जना उपचार पछि घर फर्केका छन् । १३ जना आइसोलेसन वर्डामा अझै उपचारर्थ छन् । हालसम्म ११ हजार ६ सय ६६ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता सापकोटाले बताए । प्रदेश १ का विमारीहरुको विराटनगरको कोशी अस्पातल र प्रतिष्ठानमा मात्र पिसिआर परीक्षण हुदैं आएको छ ।