ब्लाष्टखबर । मेलम्चीकाे सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् ।  सुरूङमा पानी छाेडी सुरुङकाे परीक्षणको क्रममा सुरुङमा समस्या देखिएर हेर्न गए सवारी चालक राधाकृष्ण थापामगर र  इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्याहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिएका छन् । उनका अनुसार पानी भरिएको सुरुङको गेट फुट्दा बगाएर बेपत्ता भएका हुन् ।

परिक्षणका लागी गएका ४ जनाहरू मध्याे कन्सल्त्यान्ट दोर्जे पेन्बा र इन्जिनियार सेखर खानेललाइ जीवितै उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिएका छन् । उद्धार गरिएका दुबैजना घाइते  भएकाले हेलिकप्टरमार्फत काठमान्डौ लाने तयारी भैरहेको प्रहरीले जनाएकाे छ । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।