ब्लाष्टखबर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा साेहि नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमबार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।