ब्लाष्टखबर । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा उनकाे घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएकाे छ । मृतकको कानूनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा लगाइएकाे  उक्त कार्यालयले जनाएको छ ।