श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ३० गते मङ्गलबार, १४ जुलाई २०२० । श्रावण कृष्णपक्षको नवमी तिथि १८ः४९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्विनी १३ः३८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१९ र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ । सोचेअनुरूप काम नबन्नाले तनाव बढ्नेछ । घरायसी खर्च बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभसमाचार प्राप्त गर्ने योग छ । सन्तानबाट सुख मिल्नेछ । अरूलाई प्रभावित पारेमा काम बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ध्यान पु¥याएर बोल्नुहोला । चिताएको कामले तीव्रता पाउनेछ । मन प्रसन्न हुने देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेको कार्यमा बाधा उत्पन्न हुनेछ । सवारी साधनबाट सावधान रहनुहोला । आर्थिक समस्या आइपर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भ्रमणको योग छ । दाम्पत्य जीवन सुखमय रहनेछ । आफन्तजनसँगको भेटले नयाँ ऊर्जा प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कार्यको थालनी हुनेछ । व्यवसायमा विस्तारै सफलता पाइनेछ । आफन्तसँग सद्भाव बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्यापनमा मन जानेछ । मान्यजनहरूबाट हौसला प्राप्त गरिएला । नयाँ ऊर्जा प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक कलह हुनसक्छ । बोल्दा ध्यान दिनुहोला । दिनभर मन भारी हुने र शरीरमा आलश्यता आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक समस्यामा दिन व्यतीत हुनेछ । कृषिक्षेत्रमा खासै सफलता प्राप्त नहोला । तनावले मन खिन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने योग छ । आफन्तजनबाट सहयोग मिल्नेछ । अतिथि आगमन हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कलाको सम्मान हुने दिन छ । शुभ कार्यको चर्चा चल्नेछ । व्यापारिक क्षेत्रबाट सफलता प्राप्त होला । आजको दिन शुभ रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम प्रस·मा दिन बित्नेछ । मनमा स्फूर्ति बढ्नेछ । प्राविधिक कार्यले व्यस्त बनाउला । नयाँ ज्ञान सिक्ने योग छ ।