विराटनगरमा बस्तीमा बाढी पस्दा बालकको ज्यान गयाे

alt
  • असार २९, २०७७
  • ब्लाष्ट खबर

विराटनगर । केसेलिया खोलामा आएको बाढी विराटनगर – १६ दरैया बस्तिमा पस्दा एक जना बालकको डुबेर मृत्यु भएको छ ।
अबिरल वर्षासँगै खोलामा आएको बाढी घर नजिकको च्याङमारी खोलामा डुबेर विराटनगर १६ दरैयाबस्तीका सोभालाल कामतको ५ वर्षका छोरा रोमन कामतको मृत्यु भएको हो । कामतको एक मात्र छोरा हुन् ।

मृतक रोमन शनिबार दिउँसो ३ बजेदेखि खेल्ने क्रममा हराएका थिए । खोजविनमा जुटेका परिवार र छिमेकीले मृतकको घरदेखि करिब २ सय मिटर दक्षिणमा दाउ रायको घरअगाडी डुबेको अवस्थामा शनिबार साढे ६ बजे फेला पारेको स्थानिय सुमित कामतले जानकारी दिए । रोमनलाई विराटनगरस्थित कोशी अस्पतला पुर्याउँदा चिकित्सकले मृतक घोषण गरिसकेको उनले बताए ।

बर्सेनी केशलिया खोलाबाट मनोमानी रूपमा अवैध उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर बर्खायाममा विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका बस्तीले सास्ती खेप्नु परेको छ । वर्षा शुरु भएसँगै केशलिया खोलाले धार परिवर्तन गरी बस्तीमा बाढी पस्दा विराटनगर महानगरपालिकाको सयौं घर डुबानमा परि विस्थापित हुने गरेका छन् ।

शनिबार रातीदेखि परेको वर्षाको कारण केसेलिया खोला विराटनगर – ६ ब्रमापुराबाट पस्दा विराटनगर १२ को बखरी, सिमराही र विराटनगर १६ को दरैया बस्तीका गरि ९५ घर डुवानमा परि ४ सय ५० जना विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रशासन र स्थानिय सरकारले केसेलिया खोलामा अवैध रूपमा हुने उत्खनन रोक्न नसक्दा र मजबुत रूपमा तटबन्धन गर्न नसक्दा बर्खायाममा मानविय र जनधनको क्षति हुने गरेको यहाँका स्थानियको भनाई छ । विराटनगर १६ दरैया बस्तीका मृतकका बावु सोभालाल कामतले सरकारले राम्रोसँग खोलामा तटबन्धन गर्न नसक्दा बस्तीमा खोला पसेर अकालमै छोरा गुमाउनु परेको बताए ।

‘वर्षा सुरू हुनुभन्दा अगाडी स्थानिय र प्रदेश सरकारले खोलामा समयमै तटबन्धन गरिदिएको भए आज यस्तो दुःखद घटना हुने थिएन,’ उनले भने । विराटनगर १६ दरैयाका सुमित कामतले खोलामा तटबन्धन र पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने बताए ।

न्यूरो अस्पतलामा थप ...

विराटनगर / विराटनगरमा शुक्रबार पुष्टि भएको ३२ संक्रमित ...

मोरङको रंगेलीको एउटै ...

विराटनगर /  मोरङको रंगेलीमा शुक्रबार २९ जनामा कारो ...

कर्तव्य ज्यान मुद्वा ...

भद्रपुर / महिलाको हात छोएको विषयमा विवाद भई कुटपिट ...

होम क्यारेन्टिनमा रह ...

धरान / होम क्यारेन्टिनमा रहेका प्रदेश १ सरकारका आन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved