मधुमल्ला । बिगत केही दिन देखीको अबिरल बर्षाले मिक्लाजुङ बासीहरुको जन जिवन कष्टकर साथै खोला कटानको मानब बस्तिहरुमा उच्च जोखीम बढदै गएको छ । अबिरल बर्षाका कारण नुनसरी बक्राहा खोलामा आएको बाढीले मिक्लाजुङ–६ को कशेनीमा अस्थायीब बाँध कटान गरेको छ ।

बाँध कटानका कराण कबिर एक मिटर मात्र अस्थायि माटोको बाँध रहेको छ । त्यस स्थानमा स्थानीय बासीहरुले सोमबार बिहान ५बजे देखी नै जनश्रमदान गरी बाँस ढुङ्गा स्यउला लगार तत्काल खोलाको कटान लाई बाहाब परिवर्तन गराएको स्थानीय हरि मगरले बताए । सो स्थानमा खोलाको बाहाब परिवर्तन गराउन केही ढिला भएको भए खोला गाउँ पस्ने खतरा रहेको स्थनीयहरु बताउँछन । सो स्थानबाट खोला गाउँ पशे मिक्लाजुङका वडा नं. ६ र ९ को केही माग र उर्लाबारी नगरपालीकालाई ठुलो क्षती पुर्याउँछ ।

5 2

सो स्थानमा आजै बाँसको टाटी बनाई बोरामा बलुवा भर्ने र बलुवको स्पर उठाई खोला लाई च्यानलाइज गरीने मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलला निरौलाले बताए । सो स्थानमा इलाका प्रहरी कार्यालय मधुमल्लाको टोली समेत खटिरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख रामकाजी कटुवलले बताए ।

6 2

यस्तै २ को रचना क्षेत्रमा कटान तिब्र बनाएको छ । शनिबार बाट सो स्थानमा खोलाले कटान तिब्र पारेको स्थानीय केबी किरातले बताए । सो स्थानमा करिब ३ बिघा बढी क्षेत्रफलमा खोलाले कटान गरेको त्यहाँको धानबाली र बोट बिरुवा बगाएको स्थानीय केबी किरातले बताए । हाल सो स्थाना स्काभेटर लगाई खोललाई च्यानलाइज गर्ने काम भइरहेको मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गौरी राईले बताए ।

4 1

त्यस्तै मिक्लजुङ ७ को मलामी टहर उत्तर र मलामी टहरा दक्षिणमा समेत खोला थुरीएकाले खोला बस्ति पस्ने उच्च जोखीम रहको स्थानीय समाजसेवी अगुवा डिल्ली खतिवडाले बताए । वडा नं. ६ मा नुनशरी बक्राहा खोलाले निर्माणाधीन पुल दक्षिण, कशेनी, धप्पर टोेल, बेतेनी र कशेनीमा कटान तिब्र पारेको छ ।

3 2

वडा नं. ७ को मलामी टहरा उत्तर र कुइनेटार दक्षिण खोलाले कटान तिब्र बनाएको र बर्षा यथावत रहे खोला गाउँ पस्ने उच्च जोखीम रहेको वडा नं. ७ का वडाध्यक्ष शुशिल राज चौहानले बताए । मिक्लाजुङकै मगर खोला, मिक्लुक खोलाले समेत कटान र क्षती पुर्याको छ ।

1 7

बक्राहा खोलाको बाढीले बिजुलीको पोल बगाउँदा मिक्लाजुङ ६ र २ नं. वडामा बिधुत सेवा समेत अवरुद्ध भएको छ । मावा खेलामा आएको बाढीले करिब एक बिघा बढी खेतियोग्य जमीन कटान गरेको र एक घर खोलाले बगाउने उच्च जोखीम रहेको मिक्लजुङ गाउँपालिका वडा नं. ७ का वडाध्ययक्ष शुशिलराज चौहानले बताए ।

2 3

अबिरल बर्षाकै कारण मिक्लाजुङ गाउँपालिका पुर्व हुँदै मधुमल्ला बजार जाने बटोमा गत बर्ष निर्माण गरिएको डे«न समेत बर्षाका करण लडेको छ । गत बर्ष ड्रेन निर्माण गरि यस बर्ष सो स्थानमा पुराई गरीएको थियो ।

कटानको भइरहेको स्थान र उच्च जाखीम रहेका स्थानमा त्तकाल सम्भव भए सम्म नियन्त्रणका कार्यहरु गरिने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।