धरान  / धरान उपमहानगरपालिकाले सबै खाले व्यवसायीहरुको करमा ३५ प्रतिशत छुट दिने प्रस्ताव आज बसेको कार्यपालिका बैठकले गरेको छ ।

आज बसेको कार्यपालिका बैठकले धरानमा संचाललित सबै खाले व्यवपार व्यवसायीहरुको लागि ३५ प्रतिशत कर छुट गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आगामी असार ३० र ३१ गते हुने नगरसभाले अनुमोदन गरे पछि कार्यन्वयन हुने मेयर लिक राईले जानकारी दिएका छन् ।

कोरोनाका कारण उद्योग व्यवसायहरु संचालन हुन नसकेको कुरालाई मध्यनजर गरेर व्यवसायीहरुलाई केही राहत होस् भनेर छुट गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिए । आज बसेको बैठकले वडागत आर्थिक ऐनसमेत पास गरेको छ ।