विराटनगर ।  विराटनगरका दुइ स्थानमा बस्ति भित्र बाढी पस्दा ९५ घरका ४५० जनालाइ उद्धार गरिएकाे  छ ।  

बाढी र डुबानका कारण विस्थापित भएका उपमहानगर १२ नम्बर वडामा स्थित सिमराइ बस्तीका ३० घर परिवारका करिब १ सय ५० जनालाई उद्धार गरि विराटनगर १२ बखरी स्कूलमा सुरक्षित राखिएको वडाअध्यक्ष हिरालाल कामले जानकारी दिए ।

9

विस्थापित भइ बखरी स्कूलमा बसेका परिवारहरूलाई विराटनगर महानगरपालिका र वडा कार्यालयले राहत वितरण गर्ने वडाअध्यक्ष कामतले बताए । अहिले तत्कालको लागि भूजा र चिउरा वितरण गरिएको उनले बताए । विराटनगर ६ ब्रमापुराबाट केसेलिया खोला बस्ती पसेको हो ।

3 1

विराटनगर – ६ ब्रमापुरा पनि २/३ घर डुवानमा परेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी बेदप्रसाद गौतमलले बताए । यस्तै विराटनगर १२ सिम्राही टोलको मुसर बस्तीमा पनि पानी बसेर १० घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

5 1

गौतमका अनुसार केसेलिया खोलामा आएको बाढीका कारण डुवानमा परेका स्थानियलाई सुरक्षित स्थानमा ल्याएको बताए । खोला क्षेउमा रहेकाहरूलाई प्रहरीले सर्तकता रहन आग्रह पनि गरेको छ ।

8


यस्तै विराटनगर १२ बखरीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पनि पानी पसेको छ । पानीको बहाप बढदै गए यहाँ रहेको सामाग्रीहरू सुरिक्षत स्थानमा सार्ने तयारी गरिएको प्रहरी निरिक्षक हरीबहादुर साही जानकारी दिए । 

1 5

त्यस्तै, केशलिया खोलामा आएको बाढी उपमहानगरपालिका –१६ स्थित दरैया बस्तीमा पसेपछि साे वस्तिका ६५ घरका तीन सय जनालाई उद्धार गरी रानि स्थित मिल्स मा.बि.मा राखिएकाे ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

2 2