यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा वडा नम्बर ३ आइतबार २ बजे बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना गम्भिर घाइते भएका छन्, भने दुई जना सामान्य घाइते भएका छन । घाइते पाँच जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

तमोर कोरिडोर सडकको काम गर्दै आएको बिरुवा कन्ट्रक्सन प्रा.लिको बा. १९ च २०८५ नम्बरको बोलेरो दुर्घटना भएको हो । सडकको साइट अवलोकन गरेर फर्कने क्रममा नियन्त्रण गुमाउँदा बोलेरो दुर्घटनामा परेको योजनाका साइट इन्चाज लोकेश कार्कीले जानकारी दिए ।