धरान/धरान उपमहानगरपालिका १४ नं. वडाको विजयपुरस्थित बेलडाँडामा आज बिहान आगलागी हुदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय विष्णु राई र कमल राईको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

ग्यास लिक भएर विष्णु राईको घरबाट आगलागी सुरु भएको थियो । उनको घर पूर्ण जलेर नष्ट भएको छ भने कमल राईको घर आधा बचाउन सफल भएकाे छ । स्थानीय, प्रहरीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।