ब्लाष्टखबर । घरमा पसेर माेटरसाईकल चाेरी गर्ने तीन जना पथरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे  नगरपालिका वडा नम्बर १० का २० वर्षीय निमा तामाङ, बेलबारी नगरपालिका वडानम्बर २ का २० वर्षीय पृतिमान भण्डारी र २२ वर्षीय अभिषेक कट्टेल रहेका छन् । 

वडा नम्बर ९ पक्राउ परेका उनिहरूकाे साथबाट वडा नम्बर  २ का आतेजुङ राईको घरबाट चाेरी भएकाे को ३४ प ६००४ नम्बर माेटसरईकल बरामद गरेकाे  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

पक्राउ पर्ने मध्ये एकले नगरपालिकाका अन्य दुई पसलबाट पनि नगद तथा जिन्सी चाेरी गरेकाे आरोप छ ।  पक्राउ परेका उनिहरूमाथि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जानकारी दिइएको छ ।