ब्लाष्टकर्मी सुब्बा पुरस्कृत

alt
  • असार २२, २०७७
  • ब्लाष्ट खबर

पथरीशनिश्चरे /मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरको सञ्चार क्षेत्रको प्रवद्र्धन कार्यक्रम अन्तर्गत एउटा सञ्चार संस्था र एकजना पत्रकारलाई उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा ०६५ सालदेखि पत्रकारितामा क्रियाशील ब्लाष्टकर्मी दिनेश सुब्बालाई १५ हजार नगद सहित ‘उत्कृष्ठ पत्रकार पुरस्कार २०७७’ प्रदान गरिएको छ । ०६४ सालदेखि प्रकाशित अनमोलमणिलाई नगद २५ हजार सहित ‘उत्कृष्ठ सञ्चार माध्यम पुरस्कार २०७७’ प्रदान गरिएको छ । नगरलाई मुख्य कार्यथलो बनाएको सञ्चार संस्था र पत्रकारलाई पुरस्कृत गर्ने नगरको कार्यविधि अनुरुप पुरस्कार वितरण गरिएको हो ।

प्रदेश १ का सांसद कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिग्राम काफ्ले सहितले अनमोलमणिका प्रकाशक सन्तोष राई र पत्रकार सुब्बालाई नगद सहित प्रशंसापत्र प्रदान गरेका छन् ।

नगरपालिकाको सहयोग र मिडिया प्रवद्र्धन समितिको समन्वयमा प्रदेश भिजन प्रालिले पुरस्कार वितरण सहित ‘पत्रकार आचारसंहिता, नयाँ प्रविधिको विकास र त्यसको प्रयोग सम्बन्धी १ दिने तालिम तथा लेखनबृत्ती र पुरस्कार वितरण कार्यक्रम’ आयोजना गरेको हो ।

कार्यक्रममा, बोल्दै प्रदेश सांसद कृष्णकुमारी राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंले यथार्थ समाचार सम्प्रेण गरी नगरको समग्र विकासका लागि पत्रकारहरुको झनै महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् । नगर उपप्रमुख वास्तोलाले पत्रकार प्रोत्साहनका लागि नगरले थप योजना बनाउने समेत बताइन् ।

२ चरणको सो कार्यक्रममा पत्रकार एवम् लेखनबृत्ती, सम्मान तथा पुरस्कार छनौट समितिका सदस्य अर्जुन जम्नेली राईले पत्रकार आचारसंहिता र पुरस्कार छनौट प्रक्रिया र अशोक खनालले पत्रकारितामा नयाँ प्रविधिको विकास र त्यसको प्रयोगका बारेमा सहजिकरण गरेका थिए । प्रदेश भिजन प्रालिका प्रवन्ध निर्देशक भिमराज अधिकारीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पुरस्कृततर्फका राई र सुब्बाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे मुख्य कार्य क्षेत्र भएका ९ जना सञ्चारकर्मीलाई लेखनबृत्ती समेत प्रदान गरिएको छ ।

मिर्गौला पीडित श्रीम ...

ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचा ...

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved