लामो समयदेखि सार्वजनिक यातायता नचलेर समस्यामा परेका यातायात मजदुरहरुलाई धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्षको पहलमा २ सय मजदुर परिवारलाई सोमबार राहत वितरण गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयोजनमा धरानका २ सय मजदुर परिवारलाई प्रति परिवार १५ केजीको दरले चामल वितरण गरिएको संगठनका धरान उमपहानगर अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।