संखुवासभा । संखुवासमा चैनपुरका पत्रकार पदमबहादुर अधिकारीले जिल्ला कारागारका कैदीबन्दीलाई ३ थान पंखा उपलब्ध गराएका छन् ।

आफ्नो ४६ औ जन्मदिनको अवशरमा अधिकारीले कारागारका कैदी तथा बन्दीका लागि पंखा उपलव्ध गराएका हुन् । २५ जना क्षमता भएको कारागारमा १ सय २४ जना कोचाकोच गरेर बसेको सुनेपछि उनले पंखा उपलव्ध गराएकाे बताए । गर्मीमा सानो भवन र कोचाकोच गरेर कैदीबन्दी बसेको थाहा पाएपछि जन्मदिन मनाउने गरिने खर्च काटेर पंखा उपलव्ध गराएको उनको भनाइ छ ।

उनले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यमार्फत कैदीबन्दीलाई कारागार कार्यालय खाँदबारीमा पुगेर सोमबार पंखा हस्तान्तरण गरे । प्रजिअ आचार्यले सानो सहयोगले कैदीबन्दीलाई गर्मीको समयमा ठूलो फाइदा पुगेको बताए । कारागारका जेलर विनोद अधिकारीले समाचार संकलनमा खटिएका क्रियाशिल पत्रकारको यो काम सरहनीय भएको बताउदै महिला र पुरुष कैदी बन्दीलाई गर्मीयाममा राहत मिलेको पनि बताए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक नवराज मल्ल, अनुसन्धानका डिएसपी सरोज पराजुली, पत्रकार महासंघका अध्यक्ष ईन्द्रकुमार गिरी, प्रेश युनियनका सभापति कृष्णराज शाक्य लगायत अनय पत्रकारहरुको उपस्थिती रहेको थियो । पत्रकार अधिकारी संखुावसभा चैनपुरबाट प्रकाशित हुने लालीगुँरास साप्ताहिकका प्रधानसम्पादक, राष्ट्रिय समाचार समितिका संवाददाता हुन भने उनी पत्रकार महासंघका केन्द्रिय पार्सद समेत ह्नु ।