मधुमल्ला /  मोरङको मिक्लाजुङ गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मिक्लाजुङ गाउँपालिकाले संचालनमा ल्याएको मनकामना आधारभुत विद्यालयको क्वारेन्टीमा बसेका मिक्लाजुङका ३८ बयर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोख्रेलले बताए ।
गत शुक्रबार ३२ जनाको स्वाब संकलन गरि परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पाठाइएकोमा बाँकी ३१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

बिरामीलाई थप उपचारका लागि गोठगाउँ पढाइएको छ । संक्रमति पुरुष बहराइन बाटा आएका र गत असार ९ गते देखी मिक्लाजुङ गाउँपालिका वडा नं।९ को मनकामना स्कुलको क्वारेन्टीनमा बस्दै आएका थिए । संक्रमित पुरुषमा कुनै लक्षण नदेखीएको स्वस्थ्य शाख प्रमुख पोख्रेलले बताए ।