विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको १९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एसेटिक होटलमा एक कार्यक्रम आयोजना गरि पदस्थापन कार्यक्रम भएको हो ।
रोटरी क्बल विराटनगर मिटडाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई रहेका छन् ।

भट्टराई सन् २०२०/२०२१ को लागि रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा शनिबार पदभार ग्रहण गरे । क्बलमा ५२ सदस्य रहेका छन् । क्बलको भावी अध्यक्षमा जय कमल अग्रवाल छन् । यस्तै क्बलको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिब नबिन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा, केशरीचन्द बोथरा, नरेस बंशल छन् । यस्तै सदस्यहरूमा अश्विनी बंशल, निस्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल रहेका छन् ।

क्लबका पदाधिकारीहरूलाई रोटरी एजी मधु काब्राले सपथ ग्रहण गराएका थिए ।
युवा उद्योगी र विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहेका भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरि रोटरी क्बललाई समाजमा स्थापित गराउने बताए । एक वर्षको कार्यकालमा विराटनगर महानगरपालिकासँग सहकार्य गरि सामाजिक कार्यक्रम गर्ने उहाँले प्रतिबद्धता जनाए ।

विराटनगर–४ एयरपोट मोडदेखि एयरपोटसम्म करिब ५ सय मिटर २४ घण्टै उज्यालो शहर बनाउने योजना अगाडी बढेको भट्टराईले बताए । ‘उज्यालो सहर बनाउने प्रस्ताब महानगरपालिकामा लगेको थिएँ । त्यो स्वीकार भइ काम अगाडी बढेको छ,’ पदस्थापन कार्यक्रममा भट्टराईले भने, ‘विराटनगर महानगरपालिकासँगको समन्वयमा रोटरी क्बल विराटनगर मिडटाउनले अन्य थप्रै कार्यक्रमहरू गर्नेछ ।’