ब्लाष्टखबर । पूर्वी पृतना मुख्यालय अन्तर्गत रहेका विभिन्न युनिटहरुमा तालिमरत ७७१ शिक्षार्थी सिपाही दर्जामा प्रवेश गरेका छन । 

२०७६ साल पुसबाट सुरू भएकाे शिक्षार्थीआधारभुत तालिमकाे शुक्रबार ७ महिना पछि दीक्षान्त समारोह (पास अाउट)बाट भएर नेपाली सेनामा रहेको विभिन्न युनिट तथा फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति भएका छन ।

यसरी पास आउट हुनेमा धनकुटामा रहेकाे  २ नम्बर बाहिनी अड्डाबाट १४२ जना, सल्लेरी ब्यारेककाे बरख गणबाट ७९ जना, उदयपुरको बोक्से गाईघाटमा रहेकाे रणशार्दुल गणबाट ९५ जना, झापाको चारआलीमामा रहेकाे  नयां श्रीनाथ गणबाट ९८ जना, ‌ओखलढुंगाको अरिदमन गणबाट(८६ जना, मोरङ्गको  सूर्यदल गणबाट ९४ जना, याङ्गशिलामा रहकाे कालीशक्ती गण(ईन्जिनियर)बाट ६० जना र लेटाङ्गकाे पूर्वी पृतना तालिम शिक्षालयबाट ११७ जना गरी कुल जम्मा ७७१ जना सैन्यहरु सिपाहीमा प्रवेश गरेका पूर्वी  पृतना मुख्यालय ईटहरीले जनाएकाे छ ।

अरूबेला पास आउटको बेला तालिमरत शिक्षार्थीहरुको आफन्तहरुलाई दीक्षान्त समारोह हेर्नको लागी निमन्त्रणा गर्ने गरिएको भएता पनि यसपटक काेराेना महामारीका कारण आफन्त तथा अन्य अतिथिहरूलाइ निमन्त्रणा नगरिएको मुख्यालयले बताएकाे छ ।

दीक्षान्त समारोह समाराेहमा दौड, चांदमारी फायरिङ्ग, बाधापार र ड्रिलमा प्रथम हुने सैन्यहरुलाई पुरस्कार वितरण गर्नुका साथै तालिम अवधिभर सर्वोत्कृष्ट हुने शिक्षार्थीलाई खुकुरी होल्डर घोषित गरी पुरस्कार वितरण गरिएको मुख्यालयले बताएकाे छ ।