ब्लाष्टखबर । थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे संगै नेपालमा मृत्यु हुने काेराेना संक्रमितकाे संख्या ३४ पुगेकाे छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले  गाेरखा र रूपन्देहीका दुई काेराेना संक्रमितकाे मृत्यु भएकाे जानकारी गराएका हुन् ।

असार १७ गते कतारबाट आएका गाेर्खा पालुङ्टारका ४४ वर्षिय पुरूकाे आज बिहान गाेर्खा अस्पतालमा मृत्यु भएकाे  गौतमले बताएका छन् । उनि १७ गते देखी नै पालुङटार स्थित क्वारेन्टाइनमा बस्दै आएकाेमा स्वास्थमा समस्था देखिएपछि १९ गते अस्पताल ल्याइएकाेमा आज बिहान मृत्यु भएकाे गौतमले जनाएका छन् ।

त्यस्तै रूपन्देहिमा ७५ वर्षिय क्षयराेगकाे उपचार गराइरहेकाे एक व्यक्ति १७ गते मृत्यु भएकाे र मृत्यु पश्च्यात १८ गते उनमा काेराेना संक्रमण पुष्टि भएकाे गौतमले बताएका हुन् । 

पछिल्लाे २४ घण्टामा नेपालमा २ सय ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ  ।

आज २ सय ७२ जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस संगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ६ हजार ४ सय १५ जना पुगेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् ।