उर्लाबारी । उर्लाबारीमा रहेका लायन्स क्लवले शनिबार गरेको संयुक्त रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन ।

लायन्स परम्परा अनुसार प्रत्येक बर्षको जुलाई एक तारिकमा लायन्सका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरे लगत्तै यहा“का तिन वटा क्लबहरुले सामाजीक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरीएको लायन्स क्लब अफ उर्लाबारीका  अध्यक्ष नितम कार्कीले बताएका छन ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ ईष्र्टन मोरङ उर्लाबारी र लायन्स  क्लब अफ उर्लाबारी आस्थाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा १४ महिला सहित ७६ जनाले रक्तदान गरेका आयोजक क्लबहरुले बताएका छन ।