ब्लाष्टखबर । फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति पुन: सुरू भएकाे छ । वैदेशिक राजगारीबाट बिदामा आएका कामदारलाई फेरि फर्किन पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार राज दाहलले बताएका छन् । 

कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।