पथरीको दुई वटा विद्यालयमा चाम्लिङ भाषा पठन पाठनको माग

alt
  • असार १६, २०७७
  • दिनेश सुब्बा

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१को दुई वटा विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न माग गरेका छन् । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा पथरी शनिश्चरे नगरसमितीले विद्यायलमै पुगेर सो माग गरेको हो ।

पथरी बजारमा चाम्लिङ राई समुदायको बाहुल्यता रहेको छ । पथरीको पञ्चायत माबिको प्रधानाध्यापक अर्जुन बुढाथोकी, बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष आइतकुमारी तुम्बाफो, पथरीकै सुनाखरी माबिको प्रधानाध्यापक केशब शर्मा, अध्यक्ष प्रदिपकुमार राई र नगरको शिक्षा बिभाग प्रनुख उपसचिव शालिग्राम काफ्लेलाई भेटेर मातृभाषा पठनपाठनको लागि प्रकृया अगाडि बढाउन अनुरोध गरेको हो ।

नेपाल सरकारकै लगानीमा पाठ्यक्रम बिकास केन्द्रले १० बर्ष अघिदेखि चाम्लिङ भाषाको पाठ्यक्रम निर्माण गरि पुस्तक प्रकाशन गर्दै आएको छ । चाम्लिङ भाषा खोटाङ र उदयपुरमा १९ वटा बिधालयमा कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ ।

पथरीको दुई वटा बिधालयमा मातृ भाषा पठनपाठनको लागि यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, नगर अध्यक्ष प्रेमकुमार राई, कोषाध्यक्ष रामबहादुर राई, पथरी गाबिस पूर्व अध्यक्ष तिलक वान्तावा राई, किरात राई विद्यार्थी संघकी नेतृ निता कुलुङ राई, प्रेम चाम्लिङ, घनश्याम राई लगायतका टोलिले मातृभाषा पठनपाठनको लागि बिद्यालय पुगेका हुन ।

संघीय गणतन्त्र स्थापनापछी बिद्यालय तहको पाठ्यक्रम स्थानीय सरकारले निर्माण गर्ने र कक्षा १ देखी ५ सम्म १०० पूर्णाङ्कको मातृ भाषामा पठनपाठन गर्नुपर्ने नीति रहेको छ । पथरी शनिश्चरे नगरको भागिरथ माबिमा कक्षा १ र चन्द्र किरातेस्वर माबिमा कक्षा ६ सम्म लिम्बू भाषाको पढाइहुँदै आएको छ ।

संघीयता कार्यन्वयन हुँदैजाँदा इलामको माङ्सेबुङ गाउँपालिकाको ५ नम्बर वडामा लिम्बू भाषामा सरकारी कामकाजको रुपमा प्रयोग हुँदै आएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले यस बर्षदेखि राई समुदायले प्रयोग गर्ने चाम्लिङ भाषालाई कामकाजको भाषाको रुपमा प्रयोग गर्ने भएका छन ।

हलेसी तुवाचुङको नगरसभाले पास गरेको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा नगरको वडा नं. १, २ मा वम्बुले(राई) भाषा र ३ मा तिलुङ(राई) भाषालाई मान्यता दिने निर्णय भएको उल्लेख छ ।

बेलबारीमा फेरि भेटिए ...

बेलबारी / बेलबारी स्थीत फेरि अर्का एक व्यक्तिमा कोरोना& ...

यौन धन्दा चलाएको आरो ...

धनबहादुर पुरी इटहरी । इटहरी ९ मा रहेको रिभर साइड र ...

भारत लादैं गरेको १८ ...

धरान  / सुनसरीको देवानगन्ज गाउपालिका–३ ...

नेपालमा ६,५४७ जनाले ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा २ सय ९३ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved