ब्लाष्टखबर । मोरङको धनपालथान गाउँपालिकामा खेत जाेत्दै गरेकाे ट्याक्टरले चेपेर एक जनामकाे मृत्यु भएकाे छ । 

गाउँपालिकाकाे ६ नम्बर वडाकामा खेत जाेत्दै क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । 

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।