धरान / धरान उपमहानगरपालिका वडा नं. १८ ले धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका डाइलासिसका विमारी कुरुवाहरुलाई राहत उपलब्द गराएको छ ।

सोमबार वडाकार्यालयमा बोलाएर १९ परिवारलाई प्रति परिवार १० केजी चामल, एक/एक केजी दाल, नुन, आलु, चना, न्युटेला र एक लिटर तेल उपलब्द गराएको हो ।
धरान हङकङ मञ्चका पूर्व अध्यक्षहरु अर्जुन लिम्बु,नानीचन्द्र राई र युथ एसोसिएसन हङकङका पूर्व सदस्य पर्वत राईको सहयोगमा खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले जानकारी दिए । भोजपुर, झापा, तेह्रथुम, धनकुटालगायतबाट करिव ४ महिनादेखि आफ्नाआफन्तको उपचारका लागि आए तर लकडाउनले यही थुनिएकाहरुलाई वडाले लकडाउनको शुरुदेखि नै समन्वय गरि खानाको व्यवस्था गरेको वडा अध्यक्ष राईले जानाकारी दिए । होटलहरुसमेत बन्द भएकाबेला उनीहरु भोकै नरहुन भनेर विभिन्न दाताहरुसँग समन्वय गरेर सहयोग गरिएको वडा सदस्य जमुना त्रिखत्री मोक्तानले जानकारी दिइन ।

यसै विच लामो समयदेखि अस्पताल बस्दैं आएका विमारीका आफन्तहरुलाई असार १५ को अवसरमा वडा कार्यालयले दही चिउरासमेत खुवाएको छ । वडा कार्यालयमै बोलाएर दही, चिउरा,आँप र कोला खुवाएको थियो ।

IMG20200629143929