धरान / धरान–३ का क्रियाशिल युवाहरुले सामाजिक काम गर्न युवा साथी नामको क्लव गठन गरेका छन् ।
सोमबार धरान–३ को झिगु समाजको हलमा एक कार्यक्रम राखी क्लव गठन गरेको घोषणा गरे । सरल उदासको अध्यक्षतामा ११ सदस्यीय क्लव गठन गरेका हुन ।
धरान उपमहानगरपालिक–३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठको उपस्थितिमा गठन गरिएको युवा साथी क्लवको उपाध्यक्षमा विपिन श्रेष्ठ, सचिवमा अमेत श्रेष्ठ, सहसचिवमा जमिर तामकार र कोषध्यक्षमा किरण तामकार रहेका छन् ।
यस्तै सदस्यहरुमा निक्रोज श्रेष्ठ, सौरव उदास, सुमन मानान्धर, राकेश मानान्धर र आशिक श्रेष्ठ रहेका छन् ।