पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा पहिलो पटक विद्युत बिस्तार भएपछि स्थानीयवसी हर्सित भएका छन । नेपाल विद्युत प्राधिकरणको ४ करोड लगानीबाट पहिलो पटक गाउँपालिमा विद्युत बिस्तार गरेको हो ।
२०७४ सालदेखि सुरु भएकोे योजनाको काम क्रमश हदै आएको छ । गाउँपालिका केन्द्र मौवा बजारमा विद्युत सेवा संचालन आएपछि उद्योग कलकारखाना संचालनमा सहज भएको स्थानीयले जनाएका छन् ।
विद्युतको पहुँचबाट टाढा रहेको गाउँपालिकामा विद्युतिय प्रविधिको तमोर लिफ्ट खानेपानी योजना निर्माणको क्रममा छ । खानेपानी योजनासंगै गाउँपालिकामा ११ केभिएको विद्युत प्रसारण लाइन संचालनमा आएको छ ।
विद्युत सेवाबाट ४ वटा वडाका १२ सय घरधुरी लाभाम्वित भएका छन । विद्युत बिस्तारपछि वडा कार्यालय र गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत सहज भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले बताए ।
कार्यालयमा इमेल इन्टरनेट, टेलिफोन सेवा, सुचना पाटी लगायतका काममा सहज भएको दाहालले बताए । गाउँपालिकाको केन्द्र मौवा बजारमा २०७५ सालमा विद्युत पुगेको थियो ।
पहिलो पटक विद्युत विस्तार भएपछि एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादर आङबोले विद्युतको उद्घाटन
गरेका थिए । विद्युत नपुगेको वडा नम्बर २ को पूरै र अन्य ४ वटा वडाको १६ सय घरधुरीमा विद्युत सहकारी मार्फत विद्युत विस्तारको काम हुदै आएको छ ।
प्राधिकरण अन्तरर्गत विद्युत विस्तार भएको स्थानमा नागरिकले राहतको महसुस गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापा बताए । मौवा बजारमा साना तिन उद्योग संचालनमा आएका छन् । बाइक ग्यारेज, काष्ठ उद्योग र अनलाइन शिक्षासंगै संचारको पहुँचमा पुगेको थापाको भनाइ छ ।
नेपाल सरकारको जलश्रोत तथा उर्जा मन्त्रालयले उज्यालो नेपाल अभियानका लागि ४० जिल्लामा विद्युत विस्तारको काम अघि बढाएको छ । सोही अभियान अन्तरर्गत जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिकामा अबको डेढ वर्ष भित्र सबै घरधुरीमा विद्युत बिस्तार गर्ने मन्त्रालयले लक्ष्य लिएको छ ।